बैतडीको सिगास गाउँपालिकामा मदिरा प्रतिबन्ध

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


अपराधसँग जोडिएको मदिरा व्यवस्थापनका लागि सङ्घीयता कार्यान्वयनमा आएपछि बाजुरामा मदिराकार्ड बनाएर जथाभावी मदिरा सेवन हुने परिपाटीलाई व्यवस्थापनको अभ्यास पनि गरियो । पूर्वी नेपालमा स्थानीय मदिराको बजारीकरणको चर्चा भइरहँदा बैतडीमा भने मदिराका कारण अपराध बढेको भन्दै पूणर् प्रतिबन्ध लगाइएको छ । बैतडीको सिगास गाउँपालिकाले मदिरा नियन्त्रणको निणर्य गरेपछि स्थानियहरु खुशी भएका छन् । सिगास गाउँपालिका वडा नम्बर २ का स्थानीय टेकेन्द्र धामी गाउँपालिकाले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएपछि समाजमा सद्भाव बढ्ने बताउनुहुन्छ । ‘मदिराले बजारमा होहल्ला बढ्ने र भाइबन्धुबीचको सम्बन्ध टुट्ने समस्या थियो । सायद अब रोकिएला भन्ने आशा पलाएको छ ।’ टेकेन्द्रले  थप्नुभयो । मदिरा सेवनबाट विकृति बढेको र अपराधिक गतिविधि नहोस् भनेर पालिकाभित्र बिक्रीमा पूर्ण रोक लगाइएको बताउनुहुन्छ गाउँपालिका उपाध्यक्ष द्रोपति चन्द ।