क्षतिपूर्तिपछि कर्णालीका स्याउ किसान बीमातर्फ आकर्षित

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


मुगुको छायाँनाथरारा नगरपालिका १० भच्चलेकका कृष्णबहादुर सेजुवालले ६ सयभन्दा बढी स्याउका बोट लगाउनुभएको छ । ५ सय बोटले फल पनि दिइरहेका छन् । अघिल्लो वर्ष भने फूल लागेपछि असिनाले झारिदियो तर बीमा गरेका कारण उहाँले १ लाख ३५ हजार रुपैयाँ पाउनुभयो । अघिल्लो वर्ष फूल लागेपछि असिनाले झारिदिएका कारण प्रति बोट २ सय ७० रुपैयाँका दरले क्षतिपुर्ति पाएको उहाँको भनाइ छ । ‘मैंले १५ हजार वर्गमिटरमा स्याउका ६ सय बोट लगाएको भए पनि फल दिने ५ सय बोटको मात्रै बीमा गराएको थिएँ ।’ उहाँले भन्नुभयो, ‘असिनाले फल लाग्ने बेलामा झारेकोले हामी निराश थियौँ । शिखर इन्स्योरेन्सले फल बिक्रीगर्दा आउनेजति नभए पनि त्यत्ति बराबरको रकम क्षतिपूर्ति दिएपछि हामी नोक्सान हुनबाट बच्यौँ ।’