म माओवादीमा लागेकै कारण राज्यले मेरी दिदीलाई मार्नु हुँदैन थियो : गीता रसाईली

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
गीता सानै थिइन् जुनबेला नेपालमा जनयुद्ध सुरु भयो । राजधानीबाट नजिकै भएता पनि काभ्रेको दुर्गम क्षेत्रमा पर्ने उनको गाउँमा जनयुद्ध सुरु हुनुभन्दा धेरै अगाडि देखि नै आन्दोलनको लहर उर्लंदो थियो । एउटा बिकट गाउँको दलित परिवारमा जन्मेर, दलित समुदायमा हुर्केकी गीतामा पनि माओवादीको प्रभाव पर्न त्यति समय लागेन । मुख्यतः परिवारमा दाईहरु माओवादी आन्दोलनमा लागेका र बुबा पनि आन्दोलन प्रति सकारात्मक भएका कारण गीतालाई माओवादी बन्न सहज भयो । आफ्नै परिवारमा माओवादी सदस्यहरु भएता पनि गीताकी दिदी रिना रसाईली भने माओवादी आन्दोलनबाट टाढै थिइन् । उनी गाउँमा शिक्षिका भई समाजसेवा गर्थिन् । तर २०६० साल फागुन १ गते शाही नेपाली सेनाले रिनालाई माओवादी भएको आरोपमा मध्यरात घरबाट लगेर सामुहिक बलात्कार र यातनापछि निर्ममतापूर्वक हत्या गर्यो । “तैंले गरेर तेरो दिदी खाईस् । तँ माओवादी आन्दोलनमा नहिँडेको भए यस्तो हुँदैनथ्यो”, भने । मैले केहि पनि भनिँन । म चुपो लागेर बसेँ । हत्या भएको १३ वर्ष भयो तर पनि राज्यले पीडितको पक्षमा न्याय दिन आलटाल गर्दै आइरहेको छ । यो कथा रसाईली परिवारको हो र साथै हजारौं अरु द्वन्द्वपीडित परिवारहरुको पनि जो न्यायबाट बञ्चित छन् ।