मलाई नागरिकता नदिनु भनेको मेरो आमाको अधिकार खोस्नु हो : सुरज हजारे दाहाल

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
“मेरो आमाले विदेशी विवाह गरेकै कारण मैले नागरिकता नपाएको हुँ ?” यो प्रश्नले सुरजलाई सँधै घोची रहन्छ । समाजमा नेपाली बुबाले विदेशी महिला विवाह गर्दा तुरुन्त नागरिकता पाएको थुप्रै घटनाहरु देखेका छन् सुरजले । विदेशी महिलाले सिन्दूर लगाएकै भरमा तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाको कोखबाट जन्मेको बच्चा चाहिं अनागरिक भएर बस्नु पर्ने यो कानूनी विभेदको शिकार बनेका छन् पोखराका सुरज हजारे दाहाल । सुरजका बुबा भारतीय नागरिक हुन् । उनका बुबा भारतबाट नेपाल घुम्न आउने क्रममा उनका आमासँग प्रेम सम्बन्धमा बाँधिन पुग्छन् । समाजको डरले दुबैले भागेर विवाह गर्छन् र नेपालमै बसोबास गर्छन् । सुरजको जन्म हुन्छ । उनी कक्षा ८ मा पढ्दै गर्दा बिद्यालयले सुरजको बुबाको थर सुरजको नाममा झुण्ड्याइ दिन्छन् । पुरानो कानूनका आधारमा यो तरिका ठिक थियो होला । तर उनी कक्षा १२ मा पढ्दै गर्दा कानून पनि फेरिन्छ । अन्तरिम संविधानले बुबा ‘वा’ आमाको नामबाट नागरिकता लिन मिल्ने प्रावधान अगाडि ल्याएपछि भने सुरजले आमाको थर पनि आफ्नो थरसँग जोड्न थाल्छन् । सुरजको नाम सुरज हजारेबाट सुरज हजारे दाहाल भए जस्तै नेपालको कानून पनि फेरि सक्यो । कानूनतः बुबा वा आमाको नामबाट नागरिकता दिने प्रावधान हुँदाहुँदै २६ वर्षका सुरजलाई अझै नागरिकता प्रमाणपत्रबाट बञ्चित गरिंदैछ । किन ? यो विभेदसँग लड्दै अगाडि बढिरहेका कयौं सुरजहरुको कथा हो यो । यो कथा सुरज हजारे दाहालको हो ।