नयाँ सभामुखका चुनौती के ? || Bipin Adhikari in TOUGH talk with Dil Bhusan Pathak

Share:

Listens: 0

TOUGH talk दिलभूषण पाठकका साथ

News & Politics


चार महिनाको रिक्ततापछि प्रतिनिधि सभाको नयां सभामुखमा अग्नी सापकोटा चयन हुनुभएको छ । कुनै एउटा दलको प्रतिनिधिको रुपमा उम्मेद्वार बने पनि संसदमा सभामुखको जिम्मेवारी कुनै पक्ष वा विपक्षमा नलागी संसदको गरिमा र मान्यतालाई उच्च राख्नु हुन्छ । तर लामो विवाद, रस्साकस्सी र राजनीतिक जोडबलमा यस पद सम्हाल्न आईपुग्नु भएका सभामुखलाई राजनीतिक सन्तुलत कायम राखी संसदको गरिमा राख्न निकै कसरत गर्नुपर्ने देखिन्छ । यस अघि संधै सभामुखहहरुमाथि सत्तापक्षको छांया बनेको आरोप लाग्दै आएको अवस्थामा सभामुख सापकोटाले कसरी निष्पक्ष कायम राख्नुहोला ? अबका उहांका चुनौतीहरु के हुन ? नयां संविधानको कार्यान्यन संगै सुधारिएको भनिएको यस संसदलाई प्रभावकारी बनाउन उहांका प्रयासहरु के हुन सक्छन् ? हाल संसदीय समितिका कामहरु कति व्यस्थित छन् ? संसद सचिवालयको व्ययस्थापन देखि सांसदहरुको हाजिरी र भत्ता लगायतका बिवाद किन संसदमा बारम्बार उठ्ने गरेका छन् ? यी विकृति अब दोहोरिन्छन् कि सुध्रिन्छन् ? यीनै प्रश्नको जवाफ खोज्न म संग हुनुहुन्छ, संविधान र संसदीय व्यवस्थालाई नजिकबाट नियालिरहनु भएका संबैधानिक कानूनका ज्ञाता, डा विपीन अधिकारी ।