प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको अन्तिम हप्ता || Sarbendra Khanal in TOUGH talk with Dil Bhusan Pathak

Share:

Listens: 0

TOUGH talk दिलभूषण पाठकका साथ

News & Politics


अहिले पनि प्रहरी महानिरिक्षक परिवर्तन हुने बेला भएको छ । ३० बर्षे सेवा अवधिका कारण आउंदो माघ २८ गतेबाट प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले अवकास पाउदै हुनुहुन्छ । इन्सपेक्टरबाट सेवा प्रवेश गर्नुभएका उहांले विगतमा गरेका कामका आधारमा प्रहरीको नेतृत्वमा पुग्दा निकै ठूलो सुधारको अपेक्षा थियो । नेपाली राजनीतिका केहि वरिष्ठ खेलाडी लगायत पुराना अपराधका दोषीलाई कठघरामा सम्म पुर्याउन सफल भएपनि झण्डै दुई बर्षे कार्यकालमा खनाल पनि विवारहित बन्न सक्नुभएन । नेपाल प्रहरीको अहिलेको अवस्था के छ ? प्रहरीमा राजनीतिक हस्तक्षेप कुन हदमा छ ? एउटा आईजीपीले कति स्वतन्त्र भएर संगठन चलाउन पाउंछन ? प्रहरीभित्रको चेनअफ कमाण्ड प्रहरी मुख्यलायबाट अन्यत्रै सर्न थालेको हो ? नेपाल प्रहरीको व्यावसायिक दक्षता र क्षमता कस्तो छ ? सुरुवा बढुवा देखि रासन र कपडा खरिदसम्मका काण्ड किन पटक पटक दोहोरिन्छन् ? निकै ठूलो सुधारको अपेक्षा गरिएका प्रहरी अफिसर नेतृत्वमै पुग्दा काम गर्न कसले कसरी रोक्छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनहुन्छ– नेपाल प्रहरीका महानिरिक्षक (आइजीपी) सर्बेन्द्र खनाल ।