रुपचन्द्र विष्टको हत्या गर्ने षड्यन्त्र रचिएको थियो – (भाग २)

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
सम्भवतः रुपचन्द्र विष्टले नगरेको श्रम केही बाँकी थिएन । श्रमको गाथा बुझेका रुदाने कुनै समय गाडी चालक थिए, त्यो भन्दा अगाडी खलासीको काम गर्थे । हलो जोत्दा राम्रो हलीको भूमिका निर्वाह गर्दथे भने कोदाली चलाउँदा राम्रो कोदाली चलाउन जान्थे । हरेक श्रमलाई उनी मन लगाएर अभ्यास गर्दथे । जनता शिक्षित बनाएरै मात्र परिवर्तन सम्भव देखेका रुदानेले पालुङ्ग, मकवानपुरका जनता शिक्षित बनाउन अथक प्रयास गरे । अनेकौं समस्याहरुसँग जुध्दै व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणालीका लागि अग्रसर रुदानेलाई रोक्न गाउँका जालिफटाहा र तत्कालीन सरकार मिले र उनले सुरु गरेको शैक्षिक आन्दोलन बिथोलियो । “केटाकेटी पढाउने बाबुआमा जिन्दावाद ! नपढाउने मुर्दावाद !” – रुपचन्द्र विष्ट अत्यन्तै उर्जाशील प्रगतिशील व्यक्तित्वका धनी रुदानेले शिक्षा क्षेत्रमा गरेका योग्दान प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ । यो कथा रुपचन्द्र विष्टको हो ।