रुपचन्द्र विष्टको राजनीति बहुदलीय र निर्दलीय व्यवस्था भन्दा फरक थियो – (अन्तिम भाग)

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
विभिन्न कालखण्डमा भएका हरेक चुनावलाई उपयोग गर्ने नीति बनाएका थिए रुपचन्द्र विष्टले । चुनावमा जाने र जनतालाई राजनैतिक रुपमा शिक्षित बनाउने नै उनको मुख्य उद्देश्य रह्यो । २०४६ को जनआन्दोलन ताका देश बहुदल र निर्दलमा विभाजन भई रहँदा भने उनको राजनीति फरक धारको थियो । “व्यवस्था निर्दलीय, राजनीति बहुदलीय । मान्नु हुन्छ ?” भनी बहुदल धारका नेता गणेशमान सिंहलाई सोध्नु भयो । यहि कुरा निर्दल धारका नेता मरिचमान सिंह श्रेष्ठलाई पनि सोध्नु भएको थियो । सायद उहाँहरुले बुझ्नु भयो वा बुझ्नु भएन । लुट्न आको, लुट्न पाको सन्तुष्ट भाको लुट्न आको, लुट्न नपाको असन्तुष्ट भाको चुनावमा जित हारसँग रुदानेको मतलब थिएन । जनमुखी राजनीतिलाई देशव्यापी रुपमा लैजानेमा नै उनको ध्यान थियो । तर पटक पटकको हार पछि भने उनमा निराशा छायो । क्रमिक रुपमा उनी बिरामी पर्नु भयो । जनता जगाउन यी एकल सेनानीले चालेका पाइला प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ । यो कथा जननेता तथा दार्शनिक रुपचन्द्र विष्टको हो ।