विवेकशील साझाको फुट, जुट र भविष्यका बारेमा रविन्द्र मिश्र । Rabindra Mishra in TOUGH talk

Share:

Listens: 0

TOUGH talk दिलभूषण पाठकका साथ

News & Politics


तुलनात्मक रुपमा युवा पुस्ताको बाहुल्यता भएको, राजकीय जिम्मेवारी लिएर पनि समाजिक रुपमा नगन्हाएका व्यक्ति समेत संलग्न भएको ‘विवेकशिल साझा’ आफूलाई नयाँ सोच र उर्जा सहितको बैकल्पिक राजनीतिक शक्ति दाबी गर्छ । खासमा बैकल्पिक राजनीतिक शक्ति के हो र को हो ? के नेपालमा राजनीतिक परिवर्तनकारी भूमिका खेल्दै आएका काग्रेस र कम्यूनिष्टको विकल्पमा नयाँ कुनै शक्ति उदाउने सम्भव छ ? बैकल्पिक शक्ति बन्न विवेकशिल साझासँग के विशेष नारा छ ? यसका राजनीतिक मुल्यमान्यता के हुन् ? अथवा भनौं अन्य भन्दा के यो पार्टी वास्तवमा के फरक छ, किन फरक छ ? यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा मैले बुधबार मात्र एकिकृत भएको विवेकशिल–साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई निम्त्याएको छु ।