१२ वर्षे लुमरी भद्रकाली खड्गसिद्धि जात्राको इतिहास

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
काठमाडौं मरु टोलका भरत माली मात्र ५ वर्षका थिए जुनबेला उनले पहिलो पटक भद्रकाली खड्गसिद्धि जात्राको अवलोकन गर्न पाए । उनका बुबा सो १२ वर्षको अन्तरालमा नचाइने तान्त्रिक नाचका गुरु हुनुहुन्थ्यो । “देउताको १ वर्ष भनेको मान्छेको १२ वर्ष हुन्छ रे । त्यै भएर यो जात्रा १२ वर्षको अन्तरालमा नचाइन्छ ।” लुमरी भद्रकालीको नाच जस्तै काठमाडौं उपत्यकामा पचली भैरवको नाच पनि नचाइन्छ । त्यो पनि हरेक बाह्र–बाह्र वर्षमा । २०४४ सालमा भरत व्यंगिनी भएर नाचे । २०४८ सालमा ब्रम्हायणी, २०५५, २०६० मा बाराही भएर नाचेका उनी २०६८ सालमा यो नाचका गुरु भए । यस लुमरी भद्रकाली खड्गसिद्धि जात्राको नाच यो वर्ष पनि ठाउँ–ठाउँमा नचाईंदैछ । यस वर्ष पनि यस तान्त्रिक नाचका गुरुको भूमिकामा हुनुहुन्छ । यसै जात्राको बारेमा संक्षिप्त इतिहास र यसैसँग जोडिएका कथाहरु सुनौं उहाँबाटै ।