आमाले मलाई जिम नै नगर भन्नुहुन्थ्यो : महेश्वर महर्जन

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
मध्यम वर्गीय किसान परिवारमा जन्मेका महेश्वर महर्जनको शारिरीक बनावट पातलो थियो । ज्यान पातलो भएकै कारण विद्यालयमा साथीहरुले पनि जिस्क्याउने गरेको कुरा उनलाई अझै याद छ । २० वर्ष पछि उनै साथीहरु अहिले महेशको शरिर हेरेर तारिफ गर्छन् । छक्क पर्छन् । धेरै पैसा भएका मान्छेहरुले यो खेलमा लाग्दै लाग्दैन । हुँदै नभएकाहरुले पनि लाग्न सक्दैन । आफू परियो ‘मिडल क्लास’ । परिवारको कमजोर आर्थिक स्थिति, नकारात्मक सामाजिक बुझाई र आमाको दवाबका कारण महेश्वरलाई शारिरीक सुगठनमा लाग्न धेरै गाह्रो थियो । तर उनको यस रुची प्रतिको निरन्तरताका कारण नै गत वर्ष भूटानमा भएको ५०औं एशियाली शारिरीक सुगठन प्रतियोगीताको स्वर्ण पदक सम्म जित्न उनी सफल भएका छन् । आफ्नो रुचीलाई सपनामा ढाल्न सफल महेश्वर महर्जनको संघर्षशील कथा हो यो ।