जेठ २५ देखिको कोरोना खोप ग्रामीण क्षेत्रमा केन्द्रित हुने

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ २५ गतेबाट देशभरि कोरोनाविरुद्धको खोप अभियान चलाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । विभिन्न चरणमा गरेर सरकारले हालसम्म २८ लाख २७ हजारभन्दा बढीलाई खोप लगाइसकेपछि फेरि खोप अभियान चलाउन लागिएको हो । सिरहाका रामपुकार यादव ७१ वर्ष पुग्नुभयो, उहाँलाई कोरोनाविरुद्धको खोप लगाउने इच्छा छ । अघिल्लो पटक खोप अभियान बारे थाहै भएन । यसपाली पनि खोप कहाँ, कहिले र कसरी पाइन्छ भन्ने जानकारी आफूहरूलाई नदिइएको उहाँको भनाइ छ । सरकारले हालसम्म खोप अभियान अन्तर्गत कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सांसद, सरकारी तथा वित्तिय क्षेत्रका कर्मचारी अनि ५५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइसकेको छ ।