कौसी खेती प्रविधि सिकाउने ‘कृषि काका’

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


गाउँमा घर वरिपरि करेसाबारी हुन्छ तर सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउनै मुस्किल छ । पशुपालन र तरकारी खेतीको लागि गाउँ र ठूलो क्षेत्र चाहिन्छ भन्ने प्रायः धेरैको मान्यता भए पनि तरिका जानेमा घरको छत र कौसीमा नै तरकारी खेती र पशुपन्छी पालन गर्न सकिन्छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ का रामजीप्रसाद ढकाल आफ्नै घरको कौसीलाई नै करेसाबारी बनाएर भान्साका लागि दैनिक चाहिने तरकारी उत्पादन गर्दै र अरुलाई सिकाउँदै आउनु भएको छ । ढकालको ढलान घरको कौसीमा सानो टनेल र प्लास्टिकका थैला (ग्रोब्याग) मा तरकारी लगाइएको छ । कौसीको एउटा कुनामा रहेको खोरमा बट्टाइ हुर्किरहेका छन् । बिहान उठ्नेबित्तिकै कौसीमा उक्लनुहुन्छ र तरकारी, फलफूल अनि बट्टाइको निरीक्षण गरेर आवश्यक काम गर्नुहुन्छ । ‘१२ बोट टमाटर लगाउँदा ३/४ महिनालाई टमाटर किन्न परेन । १२ बोट काउली (ब्रोकाउली) लगाएँ ।’ उहाँ भन्नुहुन्छ, ‘बेमौसमामा गाजर उत्पादन गरे खाएँ, धनियाँ उत्पादन गरेर खाएँ । हरियो प्याज मैँले बाह्रै महिना खाएँ यहाँबाट । हरियो लसुन खाइरहेको छु ।’