कुमारीले बिहे गर्नु हुन्न भन्ने कुरा गलत हो : पूर्व कुमारी श्रेरणा बज्राचार्य

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
अरु सबै बिद्यार्थीहरु विद्यालयको पोशाकमा हुन्थे भने श्रेरणाको पहिरन सँधै रातो हुन्थ्यो । खाना खाने बेला पनि सबै भन्दा पहिले खाना उनैलाई पस्किन्थ्यो । चाडपर्वहरुमा अरु हिँड्थे भने उनलाई बोकिन्थ्यो । उनको श्रृंगार फरक थियो । उनको लवाईखवाई फरक थियो अनि नीति नियमहरु फरक थिए । किनकी, बज्राचार्य परिवारमा जन्मेकी श्रेरणालाई जीवित देवी कुमारीको अवतारका रुपमा पुजिन्थ्यो । काठमाडौंको ठमेल स्थित भगवान बहालमा आयोजित कुमारी छनोट प्रकृयामा सरिक हुँदा श्रेरणा तीन वर्षकी थिइन् । १५–२० जना सोहि उमेरका बालिकाहरुले भाग लिएको उक्त प्रकृयामा संयोगवश श्रेरणाको नाम छानियो । त्यस वर्ष देखि अर्को ८ वर्ष सम्म उनी कुमारीको भुमिकामा देखिइन् । मैले जोसँग बिहे गरेँ उसको दुई वर्ष दुई महिना पछि मृत्यु हुन्छ भनी मेरो चिनामा लेखिएको थियो । कुमारीले गर्न हुने–नहुने नियमहरु कठिन हुन्छन् । कुमारीको कार्यकालमा मात्र नभई त्यसपश्चात पनि गर्न हुने–नहुने नियमहरु कडा नै हुन्छन् । श्रेरणाले यी सबै नीतिनियमहरुको हुवहु पालना गरे वा गरेनन् त्यो अर्कै पाटो भयो तर उनले सदैव आफ्नो मनको कुरा सुनिन् र अघि बढिन् । यो कथा उनै साहसी कुमारी श्रेरणा बज्राचार्यको हो ।