प्रधानमन्त्रीमा देउवाले विश्वासको मत नपाए के हुन्छ ?

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


संसद विघटनको दोस्रो पटकको प्रयास पनि सर्वोच्च अदालतले फैसलामार्फत विफल बनाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक र संवैधानिक धक्का लागेको छ । सर्वोच्चको फैसलापछि ओली पक्षीय नेता कार्यकर्ताले भने अदालतप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गर्न थालेका छन् । विपक्षी गठबन्धनका दल र नेताहरूले ओलीले गलत कदम चाालेको र सर्वोच्चको फैसलासँगै सच्चिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाबाट संविधान र नागरिक अधिकारको रक्षा भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्चको फैसला अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा आज साँझसम्ममा प्रधानमन्त्रीमा नियुक्त हुनुहुनेछ । आगामी साउन ३ गते साँझ ५ बजेभित्रमै प्रतिनिधिसभा बैठक बस्नेछ । संविधानविद् डा. विपिन अधिकारीका अनुसार अदालतले नै प्रष्ट रुपमा नै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेका कारण जाँदै गरेका प्रधानमन्त्री ओलीको भूमिका यो प्रक्रियामा कुनै पनि हुँदैन । तर संबिधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनिसकेपछि काँग्रेस सभापति देउवाले धारा ७६ को ४ अनुसार ३० दिन भित्रै संसदबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।