रुपचन्द्र विष्ट सानै उमेर देखि विद्रोही स्वभावका थिए – (भाग १)

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
रुपचन्द्र विष्ट बहु–नामका धनी थिए । रुदाने (रुप दामन नेपाल), जसरु (जनमुखी सहकर्मी रुपचन्द्र), रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र) र स्वरुपे (स्वयंको रुपचन्द्र) – यी सबै रुपचन्द्र विष्टका फरक नामहरु हुन् । विभिन्न कालखण्डमा उनको नाम फरक फरक ढंगबाट लिइयो । तर सानो छँदा उनको नाम भने केदार विष्ट थियो । रुपचन्द्र विष्ट सानै देखि विद्रोही स्वभावका थिए । बुबाको आँखाको तारो नै बनेका रुदाने भने आमाको आँखाको नानी झैं प्रिय थिए । बुबा छोराको स्वभाव, विचार र व्यवहार पनि नमिल्दा दश वर्षको कलिलो उमेरमै आलिशान घर, कुलीन जीवनशैली र बुबाले दिएको ‘केदार’ नाम समेत त्यागेर आफ्नो न्वारन आफै गरी ‘रुपचन्द्र विष्ट’ बनेर घरबाट निक्ले । “व्यक्तिगत स्वार्थ भनेका रछ्यान हुन् । रछ्यानमा किटाणु किरा मात्रै रमाउँछन्, मान्छे रमाउँदैन ।” – रुपचन्द्र विष्ट अत्यन्तै उर्जाशील प्रगतिशील व्यक्तित्वका धनी रुदानेको जीवनमा कयौं आरोह–अबरोहहरु आए । तर उनी समाज परिवर्तनका लागि लड्न कहिल्यै थाकेनन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ । यो कथा रुपचन्द्र विष्टको हो ।